scheduleशनिवार मंसिर २१ गते, २०७६
Bajaj
Global IME Bank

काठमाडौंको गोंगबुमा १२ वर्षीय बालिकामाथि सामूहिक बलात्कार

ललितपुर, २० मंसिर । ललितपुर महानगरपालिका–२८ हरिसिद्धि बस्ने उदयपुरकी १२ वर्षीया बालिका काठमाडौंको गोंगबुमा सामूहिक बलात्कारको शिकार भएकी छिन् । ती बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सातदोबाटो बस्ने दोलखाका २१ वर्षीय राजेन्द्र नेपाली र सोही ठाउँ बस्ने २७ वर्षीय सुरेश नेपालीलाई प्रहरीले पक्राउ गरेको छ ।

मंसिर १७ गते सातदोबाटोमा हिंडिरहेको अवस्थामा अभियुक्तद्धयले बालिकालाई पशुपति घुम्न जाँउ भनि काठमाडौं गोंगबुस्थित गेष्ट हाउसको कोठामा लगेर जबरजस्ती करणी गरी फरार भएको भन्ने उजुरी प्रहरीमा परेको थियो । सोही उजुरीको आधारमा महानगरीय प्रहरी बृत्त सातदोबाटोको प्रहरी टोलीले अभियुक्त दुवै जनालाई पक्राउ गरी आवश्यक अनुसन्धानको लागि महानगरीय प्रहरी बृत्त महाराजगंज काठमाडौं पठाएको जनाएको छ ।

उनीहरुमाथि थप कारबाही अगाडि बढेको प्रहरीको भनाई छ ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage