scheduleमगलवार पौष ३ गते, २०७५

बैंकबाट निकालेको ७ लाख रूपैयाँ पेट्रोल पम्प अगाडिबाट लुटपाट

सिराहा, २० मंसिर । धनगढीमाई नगरपालिका–१० बस्ने २३ वर्षीय चितकुमार कामैतको ज्योती विकाश बैंक गोलबजारबाट ल्याएको नगद ७ लाख रूपैयाँ लुटपाट भएको छ । सोही ठाउँस्थित उग्रचण्डी पेट्रोल पम्प नजिक सडकबाट बुधबार बेलुका उक्त नगद लुटपाट भएको छ ।

बा५५ प ४३५५ नम्बरको मोटरसाईकलमा गोलबजारबाट लहानतर्फ आउने क्रममा सोही नगरपालिकास्थित उग्रचण्डी पेट्रोल पम्प नजिक अनटेस्ट लेखेको रातो रंगको अपाची मोटरसाइकलमा आएका अपरिचित २ जना व्यक्तिहरुले उनको झोलामा रहेको उक्त नगद लुटपाट गरेका बताइएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob