scheduleमगलवार पौष ३ गते, २०७५

यी सात योगासनले बनाउने छ तपाईको वैवाहिक सम्बन्धलाई मजबुत

एजेन्सी, २० मंसिर । योगाले मानिसहरु शारीरिक र मानसिक स्वास्थमा फाइदा पुर्याउनुका साथै वैवाहिक जीवनलाई पनि सफल बनाउनमा सहयोगी हुन्छ । आज हामी तपाईलाई त्यस्ता सातवटा योग आसनका बारेमा बताउँछौं जसले तपाईको वैवाहिक जीवनलाई सुन्दर बनाउँछ ।

१. आनन्द बालासन

आनन्द बालासन जसलाई हैप्पी चाइल्ड पोज पनि भनिन्छ । त्यो नयाँ पीढिको योगासनको एउटा पाटो हो । यस आसनलाई गर्दा पिठ्यु, छाती र काँधलाई निकै आराम मिल्छ । ढाडको हाडलाई पनि आराम पुग्छ र मस्तिष्क पनि शान्ति हुन्छ । यसो गर्दा सोचमा पनि निकै ठूलो परिवर्तन आउँछ ।

२. बालासन

बालासन गर्दा जाङको मोटोपनामा कम आउँछ । पिठ्युमा भएको पीडामा पनि आराम मिल्छ । योगकर्तालाई आफ्नो काँध र घाटीमा पनि आराम मिल्छ ।

३. अधोमुख वृक्षासन

यो योगासनलाई डाउनवार्ड फेस पोज पनि भनिन्छ । यसले आसनकर्ताको मनमा खुशी भर्ने काम गर्छ । यसले गर्दा व्यक्ति र परिवारभित्र खुशी आउँछ ।

४. प्रसारिता पादोत्तनासन

फुल स्ट्रेडल फरवार्ड फोल्ड पोजले तपाईको मांसपेशीलाई आराम दिन्छ र मस्तिष्कमा राम्रो विचार दिन्छ ।

५. वृक्षाआसन

वृक्षासन आसनले वृक्षको शान्ति र स्थिर अवस्था दर्साउँछ । यो आसनले खट्टालाई आराम दिन्छ ।

६. चक्रासन

चक्रासनले कमरलाई निकै आराम दिन्छ । यति मात्र होइन यस आसनले मस्तिष्कलाई पनि तिब्र कार्यसम्पाद गर्न मद्दत गर्छ र सकरात्मकता बनाइरहन्छ ।

७. कोबरा

यो असान पिठ्युका लागि धेरै असल हुन्छ । साथै यस आसनले भावनात्मक अवस्था पनि राम्रो अवस्थामा रहन्छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob