scheduleमगलवार पौष ३ गते, २०७५

कमल थापा र बाबुराम भट्टराईबीच ट्वीटरमा भिडन्त

काठमाडौं, मंसिर २० । एसिया प्यासिफिक सम्मेलनको नाममा सरकारले क्रिश्चियन धर्मको प्रचार गरेको सामाजिक संजालमा सर्वत्र आरोप लागिरहँदा राजनीतिक बृत्तमा पनि यसबारे गम्भिर बहस सुरु भएको छ । सामाजिक संजालमै यतिबेला राजनीतिक बृत्त पनि बहसमा उत्रिएको छ ।

सोहिक्रममा राप्रपा अध्यक्ष कमल थापा र पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई सामाजिक संजालमा आमने–सामने भएका छन् ।

‘राप्रपाले हिन्दु राष्ट्रका लागि केहीसमयपछि देशब्यापी आन्दोलन थाल्ने बताइरहेको बेला पूर्वप्रधानमन्त्री डा. भट्टराईले प्रतिक्रिया जनाउँदै ‘जनताको धार्मिक भावना भड्काएर सत्ता स्वार्थको रोटी सेक्ने कुचेष्टा कसैले नगरुन्’ भनेका छन् । भट्टराईले बुधबार ट्वीट गर्दै लेखेका छन्, ‘म यतिबेला किराँत, हिन्दु र बौद्ध तीनवटै धर्मको साझा तीर्थस्थल हलेसीमा छु । नेपालको धार्मिक सहिष्णुता र सर्वधर्म समभावको उच्च नमूना हो यो ।’

भट्टराईले धर्मको समवेदनशील विषयमा राजनीति गर्नेहरुको नियति भष्मासुरजस्तो नहोस् भन्ने कामना पनि गरेका छन् ।

डा. भट्टराईको सो ट्वीटमा राप्रपा अध्यक्ष कमल थापाले कडा प्रहार गरेका छन् । थापाले लेखेका छन्, ‘जनभावना विपरीत विदेशीको दबाब र प्रभावमा धर्मनिरपेक्षता लाद्नेहरुले धार्मिक द्वन्द्वको बिजारोपण गरेका हुन् । हामी त्यो गल्ती सच्याउने अभियानमा छौं ।’

ट्वीटमा उनले भनेका छन्, ‘ हिन्दु, बौद्ध र किराँत धर्मको साझा आस्था ‘हलेसी’ संस्कृतिको संरक्षण नै आफूहरुको लक्ष्य रहेको पनि उल्लेख गरेका छन् । ‘सनातन धर्म नष्ट गर्ने षडयन्त्रकारीहरु आफैं नष्ट हुन्छन्,’ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob