scheduleबुधवार मंसिर ४ गते, २०७६

होन्डुरानकी आप्रवासी महिलाले अमेरिकी भूमिमा दिइन् बच्चालाई जन्म

एजेन्सी, २० मंसिर । होन्डुरानबाट गैरकानुनी आप्रवासीको रुपमा अमेरिका छिरेको केही समयमा नै एकजना महिलाले बच्चा जन्माएकी छिन् । मेक्सिको सीमा नजिक अमेरिकी सुरक्षाकर्मी र गैरकानुनी आप्रवासीबीच अमेरिका प्रवेश विषयमा तनाब बढिरहँदा ती महिलाले उक्त शिशुलाई अमेरिकी माटोमा जन्म दिएकी हुन् ।

क्यालिफोर्निया, इम्पेरियल तट नजिकबाट गैरकानुनी रुपमा अमेरिका प्रवेश गरेपछि गत २६ नोभेम्बरमा ती महिलालाई सीमा सुरक्षा फौजले गिरफ्तार गरेको थियो ।

मेरीयुरी सेर्रानो हर्नानडेज नाम गरेकी ती १९ वर्षिया युवती आफ्नो २० वर्षिय श्रीमान् र दुईवर्षको छोरासँग अमेरिका प्रवेश गरेकी थिइन् ।
पक्राउ परेको एकदिनपछि पेट दुखेको बताएपछि प्रहरीले ती आठ महिने गर्भवतीलाई अस्पताल पुर्‍याएको थियो ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले गत अक्टोबरमा जन्मसिद्ध नागरिकताको प्रावधानलाई आफ्नो एक हस्ताक्षरको शक्तिले खारेज गर्नसक्ने बताएका थिए । यद्यपी लेफ्ट तथा राइट पक्षका धेरै विज्ञहरुले अमेरिका गैरकानुनी रुपमा छिर्ने परिवारका बच्चालाई जन्मको आधारमा प्रदान गरिदैँ आएको नागरिकता प्रावधान खारेज गर्नका लागि पहिले संविधानमा संसोधन भएमात्र त्यो गर्न सकिने बताएका छन् ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage