scheduleबिहिवार मंसिर १८ गते, २०७७

प्रधानमन्त्री धार्मिक कार्यक्रममा सहभागी भएकोबारे प्रचण्डले यसरी गरे बचाउ

भैरहवा, २० मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हरेक धार्मिक समुदाय र संस्थाले गरेको कार्यक्रममा सरकार प्रमुख वा पार्टीका नेता सहभागी हुने नेपाली परम्परा रहेको बताएका छन् ।

सिद्धार्थनगर उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सवमा प्रचण्डले हिन्दू, मुस्लिम, लगायत धेरै धार्मिक संप्रदायमा कार्यक्रममा राजनीतिक नेतृत्व पहिले देखि नै सहभागी हुँदै आएको बताए ।

‘मुस्लिमले आयोजना गरेको कार्यक्रममा मुस्लिमले लगाउने टोपी लगाएर त्यही अनुसार गर्ने गरेको छौं’ प्रचण्डले भने, ‘हामीले नवाज वाचन गरेको सम्मानपूर्वक सुनेका छौं ।’

मंसिर १३–१६ गते सम्म काठमाडौंमा आयोजना गरिएको एसिया प्यासिफिक समिटका क्रममा प्रधानमन्त्री धार्मिक संस्थाको कार्यक्रममा सहभागी भएर सम्मान लिएको विषयमा बाहिर सर्वत्र आलोचना भएपछि प्रचण्डले कार्यक्रमको नाम नलिइ उक्त सम्मान र कार्यक्रममा प्रधानमन्त्रीको सहभागीताको बचाउ गरेका हुन् ।

प्रचण्डले जनता जहाँ जहाँ हुन्छन् त्यहाँ राजनीतिक नेतृत्व र नेताहरुको उपस्थिती हुने उल्लेख गरे । धार्मिक कार्यक्रममा जाँदा आलोचना हुने गरेको प्रति कटाक्ष गर्दै प्रचण्डले भने, ‘केही दिन पहिला गोकर्णेश्वरमा गएर दियो घुमाएको थिए, धेरै आयो, जनता जहाँ छन् हामी त्यहाँ छौं ।’

प्रचण्डले हरेक धर्मावलम्बीहरु लुम्बिनीको भ्रमणमा आउनुपर्ने बताए । ‘लुम्बिनी कुनै धर्मको भन्दा पनि शान्तिको क्षेत्र भएकोले सबै धर्मावलम्बीका मान्छे लुम्बिनीमा आउनु पर्छ यो पवित्र भूमि हो । विश्वका हरेक शान्ती प्रकृयाका हस्ताक्षर यहाँ गर्नुपर्छ ’ प्रचण्डले भने ।

प्रचण्डले निर्वाचनमा गरिएका वाचा अनुसार आगामी बजेटमा वृद्धहरुलाई व्याजसहित थपेर हुनेगरी वृद्धभत्ता दिइने बताए । उनले चुनावमा गरिएका प्रतिबद्धताअनुसार आफूहरुले काम गरेर देखाउने दाबी गरे ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay