scheduleमगलवार पौष ३ गते, २०७५

इन्स्टाग्राममा विश्वभरका नेतालाई जिते मोदीले, ट्रम्प कति अाैं स्थानमा ?

नयाँ दिल्ली, २० मंसिर । तस्वीर तथा भिडियोका सेयर गर्नका लागि प्रयोग हुने सामाजिक सञ्जाल फेसबुकको भगिनी संस्था इन्स्टाग्राममा राजनीतिक नेताहरु मध्ये सवै भन्दा धेरै ‘फलोअर्स’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको रहेको पाइएको छ ।
इन्स्टाग्राममा मोदीको १ लाख ४८ हजार ‘फलोअर्स’ रहेको पाइएको हो ।
संसार भरका नेताहरुको इन्स्टाग्राम मध्ये यो नै सवैभन्दा धेरै ‘फलोअर्स’ भएको देखिएको एक अध्ययनले जनाएको छ ।
मोदीपछि दोस्रो धेरै फलोअर्स हुनेमा इन्डोनेसियाका राष्ट्रपति जोको विडोडो रहेका छन् भने तेस्रोमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प रहेको ‘इन्डीया टुडे’ ले लेखेको छ ।
पोप फ्रान्सिस, जोर्डनकी रानी रानीया र बेलायतको शाही परिवार पनि विश्वका धेरै फलोअर्स भएका राजनीतिक व्यक्तिमा परेका छन् ।
भारतीय प्रधानमन्त्री मोदी इन्स्टाग्राममा अत्यधिक प्रभावशाली पनि देखिएको अध्ययनले जनाएको छ । उनको एउटा फोटोमा १४ लाख लाइक आएको पाइएको छ । रासस/सिन्ह्वा

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob