scheduleसोमवार मंसिर २३ गते, २०७६
Bajaj
Global IME

मेलिलाविरुद्ध रियलले हान्यो ६ गोल

काठमाडौँ, २१ मंसिर । गएराति भएको कोपा डेल रे कपको दोस्रो चरणको खेलमा रियल मड्रिडले मेलिलालाई ६-१ गोलले पराजित गरेको छ ।

 

रियलको जितमा मार्को एसिन्सो र इस्कोले दुईदुई गोल गरे । जाभियर सान्चेज र भिन्सियस सान्जेजले एकएक गोल गरे ।

 

मेलिलाको लागि एकमात्र गोल यासिनले गरे । रियलले सम्रगमा मेलिलालाई १०-१ गोलले पराजित गरेको छ ।

रियलका लागि पहिलो हाफको ३३ औ र ३५ औ मिनेटमा मार्को एसिन्सोले गोल गर्दै अग्रता दिलाए । त्यस लगत्तै रियलका लागि जाभियर सान्चेले गोल गरे ।

 

दोस्रो हाफमा रियलले उत्तिकै प्रभावशाली खेल खेल्यो । खेलको ४८ औ मिनेटमा इस्कोले गोल गरे । खेलको ७५ औ मिनेटमा भिन्सीएस जुनियरले रियलका लागि पाँचौ गोल गरे ।

 

मेलिलाका लागि खेलको ८० औ मिनेटमा यासिरले सान्तोना गोल गरे । खेलको ८३ औ मिनेटमा इस्कोले गोल गरे । पछिल्लो समय उच्च लयमा रियल यो जितसँगै अर्को चरणमा प्रवेश गरेको छ ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage