scheduleबुधवार श्रावण १ गते, २०७६

अब पढ्न पाईन, उपचार पाईन भनेर अदालतमा मुद्दा दिनुस्, राज्यले त्यसको व्यवस्था गर्नैपर्छ : प्रचण्ड

काठमाडौं, २१ मंसिर । नेपाल कम्युनिष्ट पार्टी(ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबका दिनमा पढ्न पाईन, उपचार पाईन र रोजगारी पाइन भनेर कोही पनि तड्पिनु नपर्ने बताएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रलाई संविधानमा मौलिक हकमा राखिएको र सोहिअनुरुप ऐन पनि तयार भएकाले नागरिकलाई अनिवार्य राज्यले ती सुविधा उपलब्ध गराउनैपर्ने बताए ।

कार्यक्रममा उनले भने, ‘अब कोही मान्छे उपचारको अभावले दुःख पायो भने उसले अदालतमा मुद्दा दिन पाउँछ र अदालतले त्यो बिरामीको पक्षमा फैसला गर्नैपर्छ । किनकि संवैधानिक व्यवस्थाको कारणले अब त्यो अधिकार जनतालाई दिएको छ । गरिबीको कारणले मैले पढ्न पाईन भनेर अब अदालतमा मुद्दा दिन पाउँछ । पढ्न चाहन्छु भन्यो भने राज्यले त्यो व्यवस्था गरिदिनुपर्दछ । उसले त्यो अधिकार प्राप्त गर्दछ । उसलाई अनिवार्य पढाउनैपर्दछ । ’

स्वास्थ्य, शिक्षा र रोजगारी मौलिक हकमा पर्ने र संविधानको व्यवस्था अनुसार सबै ऐनको निर्माण भएको भन्दै प्रचण्डले अब ती ऐन कार्यान्वयनमा गैसकेका छन् भने । ‘अब बेरोजगारले मैले रोजगारी पाइन भनेर अदालतमा भन्न पाउँछ र अदालतले उसको पक्षमा फैसला गर्नुपर्छ,’ उनले भने ।

‘७० वर्षदेखि हामीले देशमा चाहेजस्तो भएन अब पाँच वर्षमा स्थीर सरकार होस् भन्ने प्रयास गर्यौं । अब देशको समृद्धिको विकल्प नभएको र यो सरकारले ती काम गर्नेछ, ‘ उनले भने ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob