scheduleआइतवार भाद्र ८ गते, २०७६

विवाहमा गएर घर फर्किरहेकी महिलालाई गहुँ खेतमा लगेर सामूहिकरुपमा बलात्कार प्रयास

राजविराज, २१ मंसिर । सप्तरीमा २५ वर्षीया एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा जिल्ला अदालतले दुई जनालाई साढे तीन वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला न्यायाधीश उमेश कोइरालाको इजलाशले सप्तरीको विष्णुपुर गाउँपालिका– ५ का ३५ वर्षीय जिवछ राम र वडा नं ३ का ३० वर्षीय इसराइल मियाँलाई साढे तीन वर्ष कैद सजायको फैसला गरेको अदालतले जनाएको छ ।

गाउँकै एक विवाह समारोहबाट घर फर्किरहेकी महिलालाई गत फागुन २५ गते राति नियन्त्रणमा लिई गहुँ खेतमा लगेर बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालयले फागुन २७ गते उजुरी दर्ता गरेको थियो ।

घटनापछि फरार आरोपितलाई नेपाल प्रहरीले भारतीय प्रहरीको सहयोगमा भारत विहारको अन्ध्रामण्ठ थाना महथौर ग्राम पञ्चायतबाट गत चैत ४ गते पक्राउ गरी सप्तरी ल्याएको थियो । दुवै आरोपित राजविराज कारागारमा चैत २९ गतेदेखि थुनामा थिए ।

आरोपितमाथि दायर भएको बलात्कारको मुद्दा पुष्टि हुन नसकेपछि सो मुद्दा जबर्जस्ती करणी उद्योगमा परिणत भएको अदालतले जनाएको छ ।

जिल्ला अदालतका स्रेस्तेदार दीलकुमार बर्देवाका अनुसार सामूहिकरुपमा बलात्कार प्रयास गरेको आरोपमा उनीहरुलाई साँढे तीन वर्ष कैदको सजाय गरिएको हो । रासस

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage