scheduleमगलवार चैत्र १२ गते, २०७५

नेपाली महिलाको पोर्चुगलमा निधन

लिस्बन, २१ मंसिर । क्यान्सर रोगबाट पीडित एक नेपाली महिलाको पोर्चुगलमा निधन भएको छ ।

विगत लामो समयदेखि सपरिवार पोर्चुगल बस्दै आएकी पोखरा महानगरपालिका– १७ छोरेपाटनकी ३९ वर्षीया मिरा नेपालीको निधन भएको हो । नेपालीको उपचारका क्रममा बुधबार राति अस्पतालमा निधन भएको नारी समाज पोर्चुगलकी अध्यक्ष सिता बरालले  जानकारी दिईन् ।

मृतक नेपाली तीन वर्षदेखि क्यान्सर रोगबाट पीडित बनेकी थिइन् । उनका एक छोरा र एक छोरी छन् । उनका श्रीमान् प्रेम नेपाली लामो समयदेखि पोर्चुगलमा रहेर विभिन्न सामाजिक सङ्घ–संस्थामा आबद्ध भई सामाजिक गतिविधिमा सक्रिय रहदै आएका छन् । मृतक नेपालीको शव हाल राजधानी लिस्बनस्थित साओ ज्वोय अस्पतालको शव गृहमा राखिएको छ । उनको पोर्चुगलमै हिन्दु परम्पराअनुसार दाहसंस्कार गरिने बताइएको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob