scheduleशनिवार आश्विन ४ गते, २०७६

हमासलाई भर्त्सना गर्ने अमेरिकाको प्रस्ताव युएनद्वारा खारेज

एजेन्सी, २३ मंसिर । प्यालेस्टाइनको गाजा क्षेत्रमा सक्रिय हमास समूहलाई भर्त्सना गर्न अमेरिकाले अगाडी बढाएको प्रस्तावलाई संयुक्त राष्ट्रसंघीय साधारण सभाले खारेज गरिदिएको छ ।

इजरायलले बलियोरुपमा समर्थन गरेको उक्त प्रस्तावलाई महासभाले खारेज गरिदिएको हो । उक्त प्रस्ताव पारित हुन दुई तिहाई बहुमतको आवश्यकता थियो ।

८७ मुलुकले पक्षमा र ५७ ले विपक्षमा र ३३ मुलुकहरुले मतदानमा सहभागिता नजनाएपछि उक्त प्रस्तावले थ्रेसहोल्ड कटाउन असफल भएको थियो ।

युएनका लागि अमेरिकी राजदूत निकी हेल्लीले यसवर्ष आफ्नो पद त्याग्न अघि अन्तराष्ट्रिय अंगमा यस प्रस्तावलाई उनको अन्तिम कदमको रुपमा हेरिएको छ ।

हेल्लीलाई इजरायलको वफादार रक्षक मानिन्छ ।

मतदान अघि हेल्लीले भनिन्,‘साधारण सभाले प्यालेस्टाइन र इजरायलबीच सन्तोषजनकरुपमा पुनर्मिलन र सम्झौताको वकालत गर्न अघि उसले निशर्त र स्पष्टरुपमा हमासको आतंकवादलाई भर्त्सना गर्नुपर्छ ।’

आफूविरुद्धको प्रस्ताव असफल भएपछि एउटा आधिकारिक वक्तव्य जारी गर्दै हमासले युएनका सदस्य राष्ट्रहरुलाई धन्यवाद दिएको छ । उसले भनेको छ,‘उनीहरु हाम्रो जनताहरुको सहनशिलता र उनीहरुको पीडामाथिको न्यायको पक्षमा उभिए ।’ त्यसपछि उसले निक्की हेलीलाई वाक् हमला गर्दै भन्यो,‘उनी आफ्नो अतिवादीता र प्यालेस्टाइनमा यहूही आतंकवादको समर्थनका लागि चिनिन्छिन् ।’

मध्येपूर्वी शान्ति प्रक्रियालाई सम्बोधन गर्दा इजरायलसमर्थित पक्ष लिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि उक्त मतदान गतिलो झापड भएको हमासका प्रवक्ता सामी अबु जहरीले बताएका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage