scheduleशनिवार आश्विन ४ गते, २०७६

क्यालिफोर्निया आगलागी नियन्त्रणमा आएपछि सामुन्ने आयो कुकुरको अनौठो कहानी


एजेन्सी, २३ मंसिर । केही साता अघि मात्रै नियन्त्रणमा आएको उत्तरको जंगलको भीषण आलागनीको एकमहिनापछि एउटा अनौठो खबर सार्वजनिक भएको छ । खबरको अनुसार उक्त आगलागीमा परेर सबैकुरा खरानी भैसक्दा पनि एउटा कुकुरले आफ्नो खरानीमा परिणत भैसकेको घरलाई पहरा दिइरहेको छ ।

मेडिसन नाम गरेको उक्त कुकुरले महिनाभरी नै आफ्नो त्यस क्षतिग्रस्त घरको रेखदेख गरेको छ । जब घरकी मालिक्नी एंड्रिया गेलार्ड यसै हप्ता पेराडाइजस्थित आफ्नो घर फर्किन् तब कुकुरलाई त्यहाँ त्यस अवस्थामा देखेर उनी हैरान भइन् ।

गेलार्डले आठ नोभेम्बरमा उक्त आगो लागेपछि घर छोडेर गएकी थिइन् । उक्त आगलागीमा २७ हजार घरहरु खरानी भएका छन् । गेलार्डले एकजना उद्धारकर्मीलाई मेडिसनलाई खोजिदिन आग्रह गरेकी थिइन् । त्यसको धेरै दिनपछि मेडिसन फेला परेको थियो ।

शायला सुलिभान नाम गरेकी महिलाले गेलार्ड नफर्केसम्म मेडिसनको हेरचाह गरेकी थिइन् । सुलिभानको अनुसार मेडिसन निकै चिन्तित देखिएको थियो र उसले सबैबाट दुरी कायम गरेको थियो । शुक्रबार घर फर्किएपछि गेलार्डले मेडिसनलाई पुनः पाइन् । त्यसपछि उनले मेडिसनलाई उसको मनपर्ने खाना पनि खुवाइन् ।

मेडिसन एनेटोलियन शेफर्ड मिक्स नस्लको कुकुर हो ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage