scheduleशनिवार मंसिर २१ गते, २०७६
Bajaj
Global IME Bank

भारी मात्रामा प्रतिबन्धित लागुऔषधसहित ४ जना थानकोट प्रहरीको पन्जामा

काठमाडौं, २४ मंसिर । महानगरीय प्रहरी वृत्त थानकोटले प्रतिबन्धित लागुऔषधसहित ४ जनालाई पक्राउ गरेको छ । चन्द्रागिरी २ बाडभञ्याङबाट मसिने जाने सार्वजनिक कच्चिसडक खण्डको देउरालीस्थित प्रहरीको आँखा छलि जंगलको बाटो प्रयोग गर्दै ल्याउदै छ भन्ने गोप्य सूचनाको आधारमा खटी गएको प्रहरी टोलीले सोही स्थानमा शंकास्पद अवस्थामा १० किलो ४ सय ग्राम अवैध चरेस सहित एक जनालाई पक्राउ गरेको हो ।

कालो रंगको झोलामा खैरो रंगको कार्टुन टेपले बेरी लुकाई छिपाई ल्याउदै गरेको अवस्थामा लागुऔषध चरेस सहित जिल्ला धादिङ गजुरी गाउँ पालिका वडा नम्बर ८ बस्ने बर्ष ३१ को कमल तामाङलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्तका प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले बताए ।

प्रहरी नायव उपरीक्षक थापाका अनुसार धनगढी तर्फबाट काठमाडौं आउदै गरेको ना ५ ख ९४०६ नम्बरको यात्रुबहाक बसलाई नागढुंगास्थित चेकपोईन्टमा चेकजाँच गर्नेक्रममा उक्त बसमा सवार जिल्ला कैलाली गोदावरी नगरपालिका वडा नम्बर २ घर भई बस्ने बर्ष १८ को राजन खनालले झोलामा लुकाई छिपाई लिई आएको नाईट्राभेट ३०० ट्यावलेटसहित नियन्त्रणमा लिएको छ । सोही घटनामा जिल्ला भत्तपुर सुर्यविनायक नगरपालिका सिरुटार बस्ने वर्ष २१ को अजय तामाङलाई समेत नियन्त्रणमा लिईएको प्रहरीले बताएको छ ।

नागढुंगा चेकपोईन्टस्थित चेकजाँच गर्ने क्रममा झापा तर्फबाट काठमाडौं आउदै गरेको ना ५ ख ४९७२ नम्बरको यात्रुबाहक बसलाई चेकजाँच गर्दा उक्त बसमा सवार वर्ष २१ को साजन भुजेलले बोकी आएको हरियो रंगको हाते प्लास्टिकको झोलासमेत चेकजाँच गर्दा मोबाइलको बट्टा भित्र प्याक गरिएको अवस्थामा लागुऔषध डाईजेपाम ३० एम्पुल, फेनारगन ३० एम्पुल, नुपिन ३० एम्पुल र सिरिन्ज १७ थान बरामद गरिएको प्रहरी बताएको छ ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage