scheduleआइतवार आषाढ़ १ गते, २०७६

चोर्न आउँछ? अब तपाईलाई प्रतिघण्टा ६४ डलरको जागिर पक्का

एजेन्सी, २४ मंसिर । विश्वभरी देखा परेको अहिलेको प्रमुख समस्यालाई समाधान गर्न अहिले यहाँ एउटा अनौठो प्रकृतिको रोजगार अवसर खुलेको । यदि तपाईसँग निकै होशियारीपूर्वक चोरी गर्ने कला छ भने यो अवसर तपाईकै लागि हो ।

हजुर यो निकै रोचक रोजगार अवसर छ जहाँ तपाई कामसँगै चोरी पनि गर्नुपर्ने हुन्छ । साथै त्यस्तो चोरी गरेपछि तपाईले ६४ अमेरिकी डलर प्रतिघण्टाको दरले प्राप्त गर्नसक्नुहुन्छ ।

हजुर त्यस्ता चलाख चोरहरुका लागि यो भ्याकेन्सी सिधा इंल्याण्डले खुलाएको हो । त्यहाँको एउटा कपडा शोरुमकी मालिक्नीले उक्त रोजगार अफर ल्याएकी हुन् । ती महिलाले हालै वर्क डट कममा त्यस्तो जब अफर पोस्ट गरेकी हुन् । त्यस सूचनामा चोरले प्रत्येक घण्टा त्यहीँ पसलबाट चोरी गर्नुपर्ने बताइएको छ ।

वास्तवमा यी महिला आफ्नो पसलमा हुने चोरीको घटनाहरुबाट हैरान भैसकेकी छिन् । महिलाले त्यो अनौठो प्रकृतिको नाम भएपनि धेरै वर्षदेखि सीजनको समयमा आफ्नो पसलमा चोरीको घटना बढ्ने भएको कारण त्यस समस्यालाई हल गर्नका लागि अत्यावश्यक भएको बताउँछिन् ।

यस्तो अवस्थामा ती महिलाले पहिले चोरी गराउने र पुनः चोरसँग चोरीको तरिका सोधरेर पछि पसलको सुरक्षा कमजोरीलाई मेटाउने बताइन् ।

उनले व्यवसायिक चोरको मद्दतबाट पसलको कमजोरी पत्ता लगाइन् पसलको सुरक्षामा सुधार गर्ने बताइन् ।

ती महिलाले आफ्नो पसलको नाम भने खुलासा गरेकी छैन ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob