scheduleमगलवार आश्विन २८ गते, २०७६

वर्तमान सरकारको विकल्प छैन : प्रचण्ड

पोखरा, २५ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारको विकल्प नरहेको बताएका छन् । कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले नेपाली जनताले आशा एवं भरोसा गरे अनुरुप नै सरकार अघि बढेको बताए । पार्टीले निर्वाचनका समयमा गरेका प्रतिबद्धता अनुरुप नै सरकारले आगामी बजेट निर्माण गर्ने उनले जानकारी गराए ।

सामाजिक सुरक्षा, विकास निर्माण लगायतमा व्यक्त चासोलाई सम्बोधन गर्ने गरी अघि बढिने उनले उल्लेख गरे । मुलुकमा स्थायी सरकार भएकै कारण दुवै छिमेकी राष्ट्रबीच सुसम्बन्ध कायम भएको उल्लेख गर्दै उनले आपसी सम्बन्ध अझै प्रगाढ बन्दै गएको बताए ।

दुई पार्टीबीचको एकिकरण प्रकृया तल्लो तहसम्म नै बढी रहेको जानकारी दिँदै पुर्वप्रधानमन्त्री प्रचण्डले यही २९ गते बस्ने स्थायी कमिटी बैठकबाट जिल्ला एवं भातृ सङ्गठनको नेतृत्व चयन गरिने बताए । सिक्लेसबाटै शान्ति प्रकृयाको शुरुआत भएको स्मरण गर्दै उनले पोखराबाट सिक्लेस जोड्ने बाटोलाई पक्की बनाउन पहल गरिने प्रतिबद्धता जनाए । रासस

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage