scheduleसोमवार आश्विन ६ गते, २०७६

हाँस्य कलाकार कपिल विवाह बन्धनमा बाँधिए


काठमाडाैं, २७ मंसिर । भारतीय चर्चित हाँस्य कलाकार कपिल शर्माले विवाह गरेका छन् । उनले आफ्नो लामो समयदेखिको प्रेम सम्बन्धलाई विवाहमा रुपान्तरण गरेका हुन् । उनको गिन्नी चतरथसँग प्रेम सम्बन्ध थियो ।
कपिलले बुधबार जालन्धरमा हिन्दू परम्परा अनुसार चतरथसँग विवाह गरे । आज पुनः उनीहरुको सिख परम्पराअनुसार विवाह हुनेछ ।

आफ्ना समर्थक र शुभचिन्तकका सजिलोका लागि उनले आफ्नो वैवाहिक समारोहको सामाजिक सञ्जाल फेसबुकमार्फत् लाइभ समेत गरेका थिए ।

उनको विवाहमा नेताहरुदेखि बलिउड कलाकारसम्मलाई निमन्त्रणा दिइएको छ । कपिलले आफ्नो विवाहको रिसेप्शन डिसेम्बर २४ मा आयोजना गरेका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Vianet
default-addImage