scheduleबुधवार श्रावण १ गते, २०७६

संविधान संशोधन गरेमात्रै पूर्ण हुन्छ : प्रचण्ड

काठमाडौं, २७ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन गरेमात्र पूर्ण हुने बताएका छन् । काठमाडौंमा बिहीबार आयोजित मुक्तिक डगर नामक पत्रिकाको विमोचन गर्दै प्रचण्डले संविधान संशोधन गरेमात्र पूर्णतातिर जाने बताए । प्रचण्डले भने, ‘हामीले संविधान बनाएका छौं। तर, त्यो संविधान संशोधनको एउटा प्रक्रियाबाट गुज्रेर मात्रै पूर्णतातिर जान सक्छ।’

आफूले दोस्रोपटक प्रधानमन्त्री हुँदा दूईपटक संशोधनको प्रयास गरेको उल्लेख गर्दै उनले संबिधान संशोधनको ठाउँ खुल्ला राखेका बताउँदै उनले भने, ‘तर फेरि पनि संविधान संशोधन गर्नुपर्ने, गर्न सकिने, परिमार्जन गर्दै लैजानुपर्ने र त्यसले उत्पीडित वर्ग, जाति, क्षेत्र, समूदायका हक अधिकारलाई अझ पूर्णतातिर लैजाने दस्तावेज हो। अहिलेको संविधानको विशेषता भनेकै त्यसले आफ्नो लागि परिमार्जनको ठाउँ खुला राखेको छ । ’

उनले उत्पीडित वर्गले र सहिदको सपना साकार पार्न सबै लाग्नुपर्ने बताएका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob