scheduleशुक्रवार कार्तिक १४ गते, २०७७

पाल्पामा जिप दुर्घटना, तीन जनाको मृत्यु


बेझाड, पाल्पा, २७ मङ्सिर । जल्पा हुँदै बहादुरपुर जाँदै गरेको लु१ज २६५३ नं को जिप आर्गिडाँडाको ओढारेमा आज दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् ।

जिप सडकबाट झण्डै पाँच सय मिटर तल खसेको घट्नास्थलमा रहेका पुर्वखोला गाउँपालिका–२ जल्पाका वडाध्यक्ष नीरबहादुर सारुले जानकारी दिए । मृतकको सनाखत भने हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइतेको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको छ । अन्य केही यात्रु भीरमा अड्केको हुन सक्ने भन्दै प्रहरी र स्थानीयवासी खोजी कार्यमा जुटेका छन् । रासस

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay