scheduleमगलवार भाद्र ३१ गते, २०७६

भोलि नेकपाको स्थायी समिति बैठक

काठमाडौँ, २८ मंसिर । पटक पटक स्थगित हुँदै आएको नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को स्थायी समिति बैठक बस्न शनिवार बस्दैछ । ने क पाको केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा मङ्सिर २२ गते बसेको केन्द्रीय सचिवालयको बैठकले स्थायी समितिको बैठक बस्ने मिति तय गरेको थियो ।

पार्टीको सांगठनिक एकीकरण, सरकारको काम कारवाही, केन्द्रीय सदस्यको कार्य विभाजनलगायतका ‘एजेण्डा’मा छलफलका गर्न स्थायी समितिको बैठक बस्न लागेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

सचिवालयले गरेका संगठन तथा सरकारसम्बन्धी निर्णयलाई अनुमोदन गर्न पनि स्थायी समितिको बैठकमा प्रस्तुत गरिने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage