scheduleबुधवार भाद्र ४ गते, २०७६

गोरु काटेको आरोपमा दश जना पक्राउ


इनरुवा, २९ मङ्सिर । सुनसरीको धरान उपमहानगरपालिकाबाट गोरु काटेको आरोपमा १० जनालाई आज प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–३ का राजेश खड्गी, राजेन्द्र खड्गी, आशिष खड्गी, धरान–११ का अनिल शाही, अनिष शाही, सुनसरी भोक्राह नर्सिङ–३ का बहिस मियाँ, रिजमान मियाँ, शाहदत्र मनसुरी, आशिक मनसुरी र महमुदी मनसुरी रहेको प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय धरानबाट गएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले चार गोरु काट्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरहेको फुयालले बताए । रासस

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage