scheduleसोमवार माघ ७ गते, २०७५

श्रीमतीसँगै बसेका इन्जिनियरद्वारा युवतीमाथि यौन हमला गरेपछि …


न्यूयोर्क, २९ मंसिर । अमेरिकाको एक अदालतले एक भारतीय इन्जिनियरलाई नौ वर्षको कारागार सजाय सुनाएको छ । इन्जिनियरलाई आफू नजिकै बसेकी महिलामाथि यौन हमला गरेको आरोप लागेको थियो । उक्त आरोप अदालतले पुष्टि गर्दै सजाय सुनाएको हो ।

बीबीसीका अनुसार घटना यही वर्ष जनवरीको हो । ३४ वर्षीय प्रभु राममूर्ति आफ्नी पत्नी र पीडित युवतीको बीचमा बसेका थिए । घटना घट्दा पीडित युवती निदाइरहेकी थिइन् ।

महिलाको आरोपका अनुसार जब उनी ब्यूँझिइन्, उनको शर्ट र पेटनेरको कपडाको टाँक फुकालिएको थियो र राममूर्तिको हात उनको पेटमा थियो ।

अमेरिकाको अदालतले सजायँ काटेपछि उनलाई अमेरिकाबाट भारत फिर्ता पठाउने फैसला समेत गरेको छ ।

स्थानीय सञ्चार माध्यमका अनुसार पीडित पक्षले पीडकमाथि ११ वर्षको जेल सजाय माग गरेको थियो । अदालतले घटनालाई गम्भीर भने पनि ९ वर्षको सजाय काफी हुने जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob