scheduleशनिवार आश्विन ४ गते, २०७६

पेरिस जलवायु सम्झौतालाई जीवन दिन ‘कोप ट्वान्टी फोर’ बैठक सम्पन्न

एजेन्सी, १ पौष । पोल्याण्डमा भएको एउटा वार्ताले बहुचर्चित पेरिस जलवायु सम्झौतालाई २०२० देखि सञ्चालनमा ल्याउने विविध विषयमा अन्ततः सहमति जुटाउन सफल भएको छ ।

वार्ताको अन्तिम समयमा उत्पन्न कार्बन बजारमाथिको विवादले उक्त वार्ताको बाटोलाई भड्काउने खतरा उत्पन्न भएको थियो ।

वार्तामा उपस्थित प्रतिनिधिहरुले नयाँ नियमहरुले सबै देशहरुले आफ्नो कार्बन उत्सर्जन कटौती गर्ने बाचालाई पूरा गर्ने सुनिश्चित गरेको विश्वास गरेका छन् ।

पोल्याण्डको काटोविस शहरमा भएको ‘कोप-ट्वान्टी-फोर’ नामको सो सम्झौताले वैश्विक तापक्रमलाई दुई डिग्री सेल्सियसभन्दा कममा ल्याउने पेरिस उद्देश्यलाई पूरा गर्ने लक्ष्य राखेको थियो ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage