scheduleआइतवार भाद्र ८ गते, २०७६

सुत्केरी व्यथा लागेकी रामकलाको हेलिकप्टरबाट उद्धार


बाजुरा, २ पुस । बाजुरामा चार दिनदेखि सुत्केरी व्यथा लागेको गर्भवतीलाई हेलिकोप्टरबाट उद्धार गरिएको छ । सदरमुकाम मार्तडीदेखि दुई दिनको दुरीमा पर्ने साविकको खप्तड छेडेदह गाउँपालिकाका रामकला नेपालीलाई उद्धार गरी उपचारका लागि नेपालगञ्ज पुर्‍याइएको हो ।

सुत्केरी व्यथा लागेपछि चार दिनअघि नै स्थानिय स्वास्थ्य चौकीमा रामकलालाई भर्ना गरिएको थियो । स्वास्थ्य चौकीमा सुत्केरी हुन नसकेपछि उनलाई नेपालगञ्ज अस्पतालमा रिफर गरिएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले दुर्गम पहाडी जिल्लामा अप्ठेरोमा परेका गर्भवती र सुत्केरीहरुलाई हवाई माध्यमद्वारा उद्धार गर्न वार्षिक बजेटमै एक करोड विनियोजन गरेको छ ।

जिल्लाका अधिकांश स्थानमा स्वास्थ्य चौकीसम्म पुर्‍याउन घण्टौंसम्म डोकोमा बोकेर लानुपर्ने बाध्यता छ । बाजुरा जिल्ला अस्पतालका प्रमुख डाक्टर रुपचन्द्र विश्वकर्माले प्रसूति सम्बन्धी अप्ठेरो परे उपकरण र दक्ष चिकित्सक अभावमा उपचार हुन कठिन भएको बताए ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage