scheduleआइतवार आषाढ़ १ गते, २०७६

सुन्दर बन्नका लागि जल्न तयार, बजारमा फायर ट्रिटमेन्ट थेरापी ट्रेण्डमा

एजेन्सी, २ पुस । सुन्दर देखिनका लागि मानिसहरु धेरै जुगाड गर्छन् । यसैका लागि अहिले बजारमा नयाँ किसिमको ब्यूटी टिप ट्रेण्डिङमा आएको छ ।

भियतनाममा महिला र पुरुषहरुमा सुन्दर देखिने क्रेज बढ्न थालेको छ । त्यहाँ महिला र पुरुषहरु सुन्दर र चम्किलो त्वचा पाउनका लागिा आफ्नो शरीरलाई जलाउनका लागि पनि तयार भएका छन् । यसका लागि स्पा र सैलूनमा फायर ट्रिटमेन्ट थेरापीहरु सुरु भएका छन् । यसका लागि अनुहारमा एउटा टावेल राखेर त्यसमाथि आगो लगाइन्छ । यस्तो करिब ३० सेकेण्डदेखि एक मिनेटसम्म गरिन्छ ।

यो थेरापीले त्वचाको सौन्दर्यता बढाउनका साथै टाउको दुखाई, अनिन्द्रा, शरीको पीडा जस्ता समस्याको पनि निराकरण गर्ने दाबी गरिएका छन् । साथै यसले पाचनतन्त्रलाई पन ठिक गर्ने बताइएको छ । सामाजिक सञ्जालमा यस थेरापीको भिडियो भाइरल भैरहेका छन् ।

फायर ट्रिटमेन्टमा एक विशेष प्रकारको प्रविधि अप्नाइन्छ । एउटा अल्कोहल छर्केको टावेलले अनुहारलाई राम्ररी ढाकिन्छ । अनुहारलाई आगोबाट जोगाउन अर्को टावेल पनि अनुहारमा राखिन्छ । हालसम्म यो ट्रिटमेन्टबाट कसैलाई असर नभएको खबरहरु आएका छन् ।

थेरापिस्टको अनुसार यो ट्रिटमेन्टबाट अनुहारको कोशिकाहरुमा भाइब्रेसन जान्छ जसले गर्दा कोशिकाहरु जिवित रहन्छन् र मानिसहरु सुन्दर देखिन थाल्छन् ।

टावेलमा प्रयोग हुने अल्कोहल विशेष प्रकारको अल्कोहल हो जसलाई एलिग्जर भनिन्छ ।

यस्तो थेरापीबाट अनुहारको चाउरी कम गर्न सकिन्छ । यो अनुहारबाहेक शरीरको जुनसुकै भागमा पनि प्रयोग गर्न सकिन्छ । साथै यसले मोटोपना र ज्वारोको पनि उपचार गर्नसक्छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob