scheduleआइतवार आषाढ़ १ गते, २०७६

मुसलमान विरोधी पोस्ट गरेपछि इजरायली प्रधानमन्त्रीको छोराको फेसबुक बन्द

एजेन्सी, २ पुस । मुसलमान विरोधी पोस्टहरु प्रचार गरेको कारण फेसबुकले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूका छोरा याइर नेतान्याहूको फेसबुक अकाउन्ट २४ घण्टाका लागि बन्द गरिदिएको छ । त्यसबारेमा याइरले आफै ट्वीटरमा उल्लेख गरेका थिए । साथै उनले सामाजिक सञ्जालका यस्तो कदमलाई ‘तानाशाही’ रवैयाको करार दिएका छन् ।

प्यालेस्टाइनी घातक हमलापछि याइरले आफ्नो फेसबुक पेजमा सबै मुसलमानहरुलाई इजरायल छोडन् भन्दै पोस्ट गरेका थिए ।

साथै उनले अर्को पोस्टमा लेखेका थिए शान्तिका लागि मात्र दुईवटा मार्गहरु छन् एउटा कि त सबै याहूदीहरुले इजरायल छोड्नु पर्छ या त सबै मुसलमानहरुले इजरायल छोड्नुपर्छ । उनले आफूले दोस्रो विकल्पलाई आफूले मान्यता दिएको लेखेका थिए ।

बुधबार मध्यवेस्ट बैंकको एउटा बस्ती नजिक बस स्टेशनमा भएको हमलामा दुई सैनिक मारिएपछि याइरको यस्तो टिप्पणी आएको हो ।

फेसबुकले याइर नेतान्याहूको पोस्ट साइटलाई हटाइ दिएको छ । यसकारण उनले ट्वीटरमार्फत फेसबुकको आलोचना गरेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob