scheduleबिहिवार मंसिर ५ गते, २०७६

परिवारसहित पूर्वराजा ज्ञानेन्द्र पोखरामा, ‘गणतन्त्रलाई फाँसी दे’ भन्दै भिड…

पोखरा, २ पुस । पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित पोखरा पुगेका छन् । करिब २ साताको निजी भ्रमणको क्रममा पूर्वराजा शाह पोखरा पुगेका हुन्।

बुद्ध एयरको जहाजमार्फत आज पोखरा विमानस्थलमा ओर्लिएका शाहका साथमा रहेकी उनकी श्रीमती कोमललाई ठूलो मासले भव्य स्वागत गरेको थियो। राजाको स्वागतमा उपस्थित उत्तेजित भिडले नेपालको राष्ट्रिय झण्डासहित उपस्थित भएर ‘गणतन्त्रलाई फाँसी दे’, ‘हिन्दू राज्य कायम गर’, ‘संघीयता खारेज गर’, ‘हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ’ लगायतका नारा घन्काएका थिए ।

अंग्रेजी नयाँ वर्षसमेत मनाउने ध्येयका साथ पूर्व राजा परिवार पोखरा भ्रमणमा पुगेको बुझिएको छ । ज्ञानेन्द्रको परिवार पोखराको माउण्ट ग्लोरी होटलमा बस्ने स्रोतले बताएको छ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage