scheduleसोमवार भाद्र २ गते, २०७६

श्रीमतीलाई जबरजस्ती गरेपछि प्रहरी खोरमा


रौतहट, ३ पुस । रौतहटमा श्रीमतीलाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । रौतहटको चन्द्रपुर नगरपालिकामा एक महिलाले श्रीमान् विरुद्ध जबरजस्ती करणी गरेको भन्दै उजुरी दर्ता गराएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

चन्द्रपुर नगरपालिका वडा नम्बर ५ का ३३ वर्षीया ती महिलाले आफ्नो ईच्छा विपरीत श्रीमानले जबरजस्ती करणी गरेको भन्दै प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका छन् । उजुरीपछि प्रहरीले हिजो जबरजस्ती करणीको मुद्दा दर्ता गराई अदालतबाट १५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको जनाइएको छ ।

उनीहरुको २०६१ सालमा विवाह भएको थियो । पतिले मादक पदार्थ सेवन गरी कुटपिट गर्दै ईच्छा विपरीत जबरजस्ति गरेकोले बाध्य भएर कानुनी बाटो खोज्नु परेको ती महिलाले बताएका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage