scheduleशुक्रवार कार्तिक १ गते, २०७६

काँग्रेस महासमिति बैठकमा धकेलाधकेल र हुटिङसँगै हात हालाहाल

काठमाडौं, ३ पुस । नेपाली काँग्रेसको महासमिति बैठकमा हात हालाहालको स्थिति सिर्जना भएको छ । विधान मस्यौदा प्रतिवेदन बैठकमा प्रस्तुत गर्न ढिला भएपछि महासमिति सदस्यहरुले प्रतिवेदन विना बैठक चल्न नसक्ने अडान राखेपनि हात हालाहालको स्थिति सिर्जना भएको हो ।

मंगलबारको बैठकमा महासमिति सदस्यहरुले केन्द्रीय समितिबाट विधान पारित नभई छलफल अघि नबढ्ने भनेर अडान लिँदै गर्दा सहमहामन्त्री डा. प्रकाशशरण महतले नुवाकोट जिल्ला सभापति जगदीश्वर नरसिंह केसीको हातबाट माइक खोसेपछि धकेलाधकेल र हुटिङसँगै तनाव उत्पन्न भएको हो ।

बोल्नेक्रममा माइक खोसाखोस भएपछि माइक नै फुटेको केसीले बताएका छन् । केसीले विधान नआएसम्म बैठक अघि नबढ्ने भन्नेमा महासमिति सदस्यहरुबीच एकमत रहेको बताएका छन् ।

त्यसपछि विधान मस्यौदा पेश भएपछि मात्रै बैठक सञ्चालन गर्ने गरी स्थगित भएको छ । पूर्व निर्धारित कार्यतालिका अनुसार शनिबारदेखि काठमाडौंमा सुरु काँग्रेसको महासमिति बैठक आज सकिने कार्यक्रम थियो ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage