scheduleसोमवार आषाढ़ २ गते, २०७६

अनाकर्षक श्रीमान्बाट पछि छुटाउन महिलाले लिइन् डोनेट स्पर्म, बच्चा मन नपरेपछि उठाइन् यस्तो कदम

एजेन्सी, ३ पुस । जैविक समस्याका कारण सन्तानको रहरलाई कुण्ठित बनाउनु पर्ने बाध्यता बोकेका बुवा आमाका लागि स्पर्म डोनेशन वास्तवमै बरदान सावित भएको छ । तर स्पर्म डोनेशनलाई लिएर हालै एउटा यस्तो मामिला सार्वजनिक भएको छ जसले तपाईलाई अचम्ममा पार्नसक्छ ।

साधारणतया मेडिकल समस्या भएको अवस्थामा धेरै  दम्पतीले यसको सहारा लिएर सन्तान प्राप्ती पनि गरिसकेका छन् । तर भर्खरै सार्वजनिक भएको एउटा मामिलामा एकजना महिला डोनेट गरेको स्पर्म लिएर आमा त बनिन् तर उनी अहिले त्यस नवजातलाई स्वीकार गर्ने कि नगर्ने भनेर दोधारमा छिन् । किनभने उनलाई त्यस नवजात मनपरेको छैन । यसैकारण ती महिला आफ्नो श्रीमानप्रति आक्रोशित भएकी छिन् ।

ती महिलाले आफ्नो श्रीमान्लाई उक्त बच्चा आफूलाई मन नपरेको र त्यसलाई स्पर्म डोनेट गर्ने व्यक्तिलाई नै फिर्ता दिन भनेकी छिन् । ती महिलाका श्रीमान्ले त्यस्तो समस्या रेडिटमार्फत बताएका छन् ।

सामाजिक सञ्जालमा दुखेसो पोख्दै ती ३० वर्षीये श्रीमान्ले आफ्नी श्रीमतीले राम्रो जिनको सुन्दर देखिने बच्चाको चाहना राखेको कारण उनी डोनेट गरेको स्पर्मबाट आमा बनेको तर डेलिभरीपछि बच्चा उसलाई नराम्रो लागेको र बच्चा स्पर्म डोनेट गर्ने व्यक्तिलाई फर्काउन भनिरहेको बताए ।

आफू हेर्दा आकर्षक नभएको कारण श्रीमतीले डोनरबाट बच्चा जन्माउन चाहेको पनि श्रीमान्ले खुलासा गरे ।

साथै ती व्यक्तिले आफ्नी श्रीमतीबारे एउटा सनसनी खुलासा पनि गरे । उनले आफूलाई आफ्नी श्रीमतीले पैसाका लागि मात्र विवाह गरेको लागेको बताए । साथै उनले आफ्नी श्रीमती घरमा डिनरका लागि निरन्तर आइरहने एक गैर पुरुषसँग अनैतिक सम्बन्धमा रहेको र आफूले श्रीमतीलाई डिभोर्स दिने योजना बनाइरहेको पनि बताए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob