scheduleआइतवार चैत्र १० गते, २०७५

सेवक कुकुरले प्राप्त गर्‍यो सम्मानार्थ डिप्लोमा सर्टिफिकेट

एजेन्सी, ३ पुस । ग्रिफिन नामको एउटा चार वर्षको कुकुरले सम्मानार्थ डिप्लोमाको उपाधि पाएको छ । कुकुरलाई शनिबार एक समारोहको बीच सम्मान दिइएको हो । कुकुरले उसको मालिक्नीको सफलता र प्रगतिका लागि अभूतपूर्व प्रयास, दृढ संकल्प, मेहेनत, निष्ठा प्रर्दशन गरेको बताइएको छ । मालिक्नीप्रतिको उसको निष्ठा र समर्पणका कारण उसलाई उक्त सम्मान दिइएको बताइएको छ ।

यसै सप्ताहन्तमा जब ब्रिटानी हाउले क्लार्कसन विश्वविद्यालयबाट अकुपेशनल थेरापीको स्नातहकोत्तरको डिग्री हासिल गर्दै थिइन् तब ग्रिफिन पनि उनीसँग थियो र ग्रिफिनको मुखमा सम्मानार्थ डिप्लोमाको सर्टिफिकेट च्यापिएको थियो ।

ब्रिटानीले सोमबार भनिन्, ‘मैले उसलाई पहिलो दिनदेखि नै ग्र्याडुएटको लागि अगाडी बढाएको थिए । उसले ती सबै काम गर्‍यो जो मैले गरेँ ।’
जब ब्रिटानी क्लासमा हुन्थिन् उनको बफादार कुकुर ग्रिफिन पनि उनीसँग हुन्थ्यो । जब उनलाई आफ्नो सेलफोनको आवश्यक पर्दथ्यो तब ग्रिफिनले उनको लागि फोन ल्याइ दिन्थ्यो । यतिमात्र होइन जब आफ्नो इन्टर्नका लागि ब्रिटानी विमारीहरुको हेरचाहमा हुन्थिन् तब ग्रिफिनले उनलाई त्यहाँ पनि सहयोग गरिरहेको हुन्थ्यो ।

२५ वर्षीया ब्रिटानी उत्तर क्यारोलिनाको विल्सनमा बस्छिन् । क्रोनिक समस्याका कारण उनी ह्वीलचेयर प्रयोग गर्छिन् । उनको कुकुर ग्रिफिनले उनका लागि धेरै शारीरिक काम गरिदिने काम गर्छ । ग्रिफिनले ढोका खोल्ने, लाइट अन गर्ने, ब्रितानीले लेजर पोइन्टले संकेत गरेको सामाग्री ल्याई दिने काम गर्छ ।

ब्रितानीले आफूले कामका लागि आवेदन दिँदा ग्रिफिनलाई पनि प्याकेज डिलको रुपमा प्रस्ताव गर्ने बताइन् । उनले ग्रिफिनबिना आफूले केही काम गर्न नसक्ने र ग्रिफिनप्रति आफू निकै निर्भर रहेको सुनाइन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob