scheduleआइतवार कार्तिक ३ गते, २०७६

श्रम स्वीकृति र छानविन आफैं गर्दा विभाग नै अलमलमा

काठमाडौं, ४ पुस । वैदेशिक रोजगार विभागले श्रम स्वीकृती र छानबिन पनि आफैले गर्दा पीडितलाई न्याय दिलाउन समस्या भएको छ । विभागमा परेका उजुरीहरुको निष्पक्ष छानविन हुन नसक्दा पीडितलाई दिलाउन विभाग आफैं अलमलमा परेको छ ।

विभागका महानिर्देशक दिलीप चापागाईँका अनुसार उजुरीमाथीको छानबिन प्रक्रिया कसरी अगाडी बढाउने भन्नेमा विभाग नै अलमलमा पर्ने गरेको छ । सरकारले आफैले श्रम स्वीकृती दिने र त्यसमा उजुरी परे न्याय निरुपण गर्ने जिम्मेवारी पनि आफ्नै मातहत राख्न नहुने विज्ञहरुको भनाइ छ ।

सरकारले पनि आफ्नै काममा आफैले छानविन गरि न्याय निरुपण गर्न नमिल्ने बुझेको त छ तर व्यवहारमा भने लागु गर्न सकेको छैन । यस्तो अवस्थामा प्रहरीको संलग्नतामा अनुसन्धान गरी न्यायधीकरणबाट मुद्धा छानबिन गर्नुपर्नेमा जानकारको जोड छ ।

वैदेशिक रोजगार विभागले मात्र नभई नेपाल नागरिक उड्यन प्राधिकरण, नेपाल विद्युत प्राधिकरणले पनि आफैले गरेको कामको न्याय निरुपणका लागि स्वयम आफैले छानविन गर्दै आएको छ ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage