scheduleआइतवार भाद्र २९ गते, २०७६

हिन्दू राष्ट्रका पक्षमा काँग्रेस, महासमिति बैठकमा प्रस्ताव दर्ता हुँदै

काठमाडौं, ४ पुस । नेपाललाई हिन्दू राष्ट्रको हैसियतमा फर्काउन दबाब दिदैँ नेपाली काँग्रेस महासमिति सदस्यहरुले आज महासमिति बैठकमा छलफलका लागि प्रस्ताव दर्ता गराउने तयारी गरेका छन् । हिन्दू धर्मको विषयमा छलफल प्रस्तावका लागि करिब ७ सयजना महासमिति सदस्यहरुको हस्ताक्षर संकलन भएको र आज १२ बजेभित्रै उक्त प्रस्ताव दर्ता गराइने यसको नेतृत्व गरिरहेका मध्येका एक बैतडीका काँग्रेस महासमिति सदस्य उत्तरबहादुर ऐरले जानकारी दिए ।

काँग्रेसको महासमिति बैठकमा छलफलको एजेण्डा बन्न चारसय जना महासमिति सदस्यको समर्थन चाहिने प्रावधान रहेको छ । हिन्दू राष्ट्रका पक्षमा संकलन गरिएको यो हस्ताक्षर सभापति शेरबहादुर देउवालाई समेत बुझाउने तयारी भएपनि समय नमिलेको ऐरले बताए ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage