scheduleसोमवार माघ ७ गते, २०७५

आपराधिक मनोरोगीलाई पहिचान गर्न वैज्ञानिकले दिए यस्ता भौतिक लक्षणहरु

एजेन्सी, ४ पुस । अपराध र मनोरोगबीच प्रत्यक्ष सम्बन्धको विषयमा धेरैलाई ज्ञान छ । यसै विषयमा शोध गरिरहेका वैज्ञानिकहरुले एउटा ठूलो सफलता हात पारेका छन् । कार्डिफ विश्वविद्यालय स्कूल अफ साइकोलोजीका शोधकर्ताले मनोवैज्ञानिक अपराधीहरुको भौतिक लक्षणलाई पहिचान गरेका छन् । यी लक्षणहरुका आधारमा अपराधिक मनोरोगीलाई सजिलै पहिचान गर्न सकिन्छ ।

वास्तवमा अपराधिक प्रवृतिका मनोरोगीहरुको आखाँको प्रतिक्रिया अन्य मानिसहरुको भन्दा फरक हुन्छ । यसबाट उनीहरुको पहिचान गर्न सजिलो हुन्छ । कुनै तनावपूर्ण दृश्यमाथि उनीहरुको आखाँले असामान्य र चकचके प्रतिक्रिया दिन्छ ।

उनीहरुको आँखामा फरक किसिमको अकर्षण पैदा हुन्छ । यसकारण उसको आँखामा परिवर्तन आउँछ । कार्डिफ र स्वानसी विश्वविद्यालयका शोधकर्ताहरुले यी दृश्यले आँखामा पार्ने प्रभावको अध्ययन गरेका थिए । त्यस्ता दृश्यले मनोवैज्ञानिक अपराधी र सामान्य व्यक्तिमा पार्ने प्रभावमा धेरै फरक हुने दावी गरेका छन् ।

मनोरोगीलाई कसरी पहिचान गर्ने ?
एक मनोरोगीले आफ्नो मानसिक विकारको आधारमा विभिन्न प्रकारका लक्षणहरु प्रदर्शन गर्छन् । प्राध्यापक ज्याकब वेल्सका अनुसार त्यस्ता रोगीहरु कसैसँग भेटघाट गर्दा रोचक किसिमको व्यक्ति बन्ने प्रयास गर्छन् । मनोरोगीहरु कहिले काँही आवाज वा शरीरको भाषा सहित स्लिप अपको साथ असंगत भावनात्म प्रतिक्रियाहरु प्रदर्शन गर्छन् । यस्तो यसकारण हुन्छसक्छ किनभने उनीहरु भय र प्रेम जस्ता भावनाहरु बुझ्न असक्षम हुन्छन् तर नकल गर्नसक्छन् ।

सामान्यतय मनोरोगीहरु मोहक र जादुगरी किसिमका हुन्छन् । उनीहरुको व्यक्तित्वलाई अकर्षक भन्न सकिन्छ । उनीहरु सबैको ध्यान आफूतर्फ आकर्षित गर्न चाहान्छन् । यस्ता रोगबाट ग्रसित मानिसहरु आफूलाई पूर्ण अधिकारी मान्छन् र आफ्नो मत र विश्वासलाई मात्र प्रधानता दिन्छन् । उनीहरु अरुको मतलाई उपेक्षा गर्छन् ।

मनोरोगीहरु सामान्यतय लजालु, आशंकित वा निरुत्तर हुन्छन् । यिनीहरुलाई आफ्नो क्रोध र अधीरता लुकाउन समस्या हुन्छ ।
यिनीहरु सधै अरुलाई आफ्नो भावको हतारमा प्रतिक्रिया दिन्छन् । मनोविकारबाट ग्रसित मानिसहरु असाधारण तरिकाले सहासी स्वभाव देखाउने प्रयास गर्छन् ।

कहिलेकाँही उनीहरु सामाजिक नियमहरुको दायराभन्दा बाहिर गएर काम गर्ने प्रयास गर्छन् । उनीहरु कुनै पनि कामको परिणामलाई अनुमान नगरी जोखिमका कामहरु गर्छन् ।

यिनीहरु चोरी गर्ने बिमारी, धोकेबाजी गर्ने, हत्या गर्ने जस्ता विमारीबाट पीडित हुनसक्छन् ।

यदि उनीहरु कसैलाई हानी पुर्‍याए भने पनि उनीहरुलाई पछुतो महसुस हुँदैन । उनीहरु वरिपरीका मानिसहरुलाई प्रभावित गर्ने र उनीहरुमाथि बर्चस्व कायम गर्ने प्रयास गर्छन् ।

उनीहरु प्रेम गर्न र आफ्नो भावना बुझ्न असक्षम हुन्छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob