scheduleसोमवार आषाढ़ २ गते, २०७६

तीनमध्ये एक अमेरिकी किन छोड्न चाहन्छन् अमेरिका ?

एजेन्सी, ४ पुस । विश्वभरीका मानिसहरु अमेरिका जानका लागि लालायित छन् तर त्यहाँका एक तिहाई नागरिकहरु आफै देश छोड्न चाहान्छन् ।

अन्तराष्ट्रिय आप्रवासन समिक्षमा प्रकाशित एक प्रतिवेदनको अनुसार प्रत्येक तीन मध्ये एक नागरिक अमेरिका छोडेर अन्त बस्न चाहान्छन् । यसको प्रमुख कारण अधिकांश मानिसहरुलाई आफ्नो सशक्त राष्ट्रिय पहिचान गुमाएको महसुस गर्छन् ।

यस बाहेक रोजगारी र देशको निराशाजनक अवस्था देशबाट जनतालाई पलायन गर्ने मुख्य कारण छन् ।

सर्वेक्षणको अनुसार वयस्क नागरिकहरुको देश छोड्ने इच्छा कुनै पनि राजनीतिक स्थिति वा सरकारसँग सिधा सम्बन्ध छैन । तर सर्वेक्षणमा अधिकांश मानिसहरु नागरिकको रुपमा आफ्नो सशक्त पहिचान नभएको अनुभव गर्छन् ।

बेल्जियमको युनिर्भसिटी अफ केट्स ब्रसेल्स स्कुल अफ इन्टरनेश्नल स्टडीज र अमेरिकाको टफट्स युनिभर्सिटीका शोधकर्ताहरुले २०१४ मा अमेरिकी नागरिकहरुमाथि सर्वेक्षण गरेका थिए ।

यस शोधलाई चारवर्षसम्म अध्ययनपछि यसैवर्ष जारी गरेका थिए ।

हालै जारी भएको गैलप सर्वेक्षणको अनुसार पुरै विश्वमा ७५ करोड मानिसहरु विदेशमा बस्न चाहान्छन् । यसमा अधिकांश मानिस अमेरिकामा बस्न चाहान्छन् । पलायतको इच्छा राख्ने अधिकांश मानिसहरु आतंक, संघर्ष, गरिबी, बेरोजगारी र पिछडापनसँग जुझिरहेकेो देशमा छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob