scheduleसोमवार माघ ७ गते, २०७५

ह्वाइट हाउसमा मृतात्माको बास, यी व्यक्तित्वहरुले नै गरेका छन् महसुस

एजेन्सी, ५ पुस । भूतप्रेतको विषयलाई धेरैले रुढीवादी र अन्धविश्वासी कुराहरु भनेर उडाउँछन् कतिले वैज्ञानिक प्रमाण प्रस्तुत गर्न पनि चुनौती दिन्छन् । तर धेरै मानिसहरुले वैज्ञानिक प्रमाणहरु प्रस्तुत गर्न नसकेपनि मृतआत्माहरु देखेको दावी गर्छन् । धेरैलाई थाहा छैन विश्वकै सबैभन्दा सुरक्षित स्थान मानिने अमेरिकी राष्ट्रपतिको सरकारी निवास ह्वाइट हाउसमा पनि आत्माको बास छ ।

यो कुरा तपाईलाई विश्वास नलाग्ला तर त्यहाँ बसेका धेरैले यो कुरालाई महसुस गरेको भने सत्य हो ।

भनिन्छ ह्वाइट हाउसको सुरक्षा व्यवस्था यति कडा छ त्यहाँ कुनै चरा पनि अनुमति बिना प्रवेश गर्न सक्दैन । तर त्यस निवासको आँगनमा आज पनि यस्ता धेरै रहस्यहरु गाडिएका छन् जसलाई थाहा पाउँदा तपाईको पनि मुटु काँप्न सक्छ ।

भनिन्छ ह्वाइट हाउसमा अमेरिकी पूर्व राष्ट्रपति अब्राहम लिंकनको आत्मा घुमिरहन्छ । अमेरिकाको १६ औं राष्ट्रपति अब्राहम लिंकनको ह्वाइट हाउसभित्रै गोली ठोकी १८६५ मा हत्या गरिएको थियो । त्यसको केही दिन पछि त्यहाँ उनको आत्मा देखिन थालेको बताइन्छ ।

अमेरिकाका ३० औं राष्ट्रपति रहेका केल्भिन कुलिजकी श्रीमती ग्रेस कुलिजले पहिलोपटक आत्माको अस्तित्व त्यहाँ रहेको महसुस गरेकी थिइन् । उनले ह्वाइट हाउसको ओभल अफिसको झ्याल नजिक आफूले अब्राहम लिंकन उभिएको आभाष गरेको बताएकी थिइन् । यसबाहेक उनले धेरैपटक लिंकन आफू नजिक भएको आभाष गरेको बताएकी थिइन् यी घटनाहरु पनि उनी निकै त्रसित भएकी थिइन् ।

भनिन्छ नेदरल्याण्डकी महारानी व्हिलमिनाले पनि ह्वाइट हाउसमा अब्राहम लिंकनको आत्मा देखेकी थिइन् । अमेरिका यात्राको दौरान उनी त्यस समय ह्वाइट हाउसमा बसेकी थिइन् । तब धेरै रातमा उनको ढोका कसैले ढकढकाएको थियो । जब उनले उठेर ढोका खोलिन् तब आगाडी अब्राहम लिंकन उभिएको देखिन् उनले । तब डरले उनको मुखबाट आवाज पनि निस्किरहेको थिएन ।

यी दुई महिलामात्र होइन वेलायतका एकजना पूर्व राष्ट्राध्यक्षले पनि लिंकनको आत्मालाई ह्वाइट हाउसमा देखेका थिए । बाथरुमबाट नुहाएर फर्किदा उनको कोठामा सिगरेट जलिरहेको थियो र त्यसको नजिक अब्राहम लिंकन बसिरहेका थिए । यी घटनाहरुले आज पनि धेरैको मुटु कपाउँछ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob