scheduleआइतवार भाद्र २९ गते, २०७६

२४ घन्टापछि पुनः काँग्रेस महासमिति बैठक सुरू

काठमाडौं, ५ पुस । बुधबार साँझदेखि स्थगित नेपाली काँग्रेसको महसमिति बैठक पार्टी मुख्यालयमा सुरू भएको छ। मंसिर २९ गतेदेखि सिंहदरबारअगाडिको यगम्बर पार्टी प्यालेसमा बसेको महासमिति बैठक बिहीबारबाट पार्टी कार्यालय सानेपामा सुरू भएको हो।

पाँच दिनसम्म चलेको बैठकको स्थान परिवर्तन भए पनि मुद्दा भने उही पदाधिकारीको विवाद रहेको छ। यसअघि मंगलबार पदाधिकारीहरूको बैठकले पदाधिकारी विवादमा सहमति निकालेको थियो।

बैठक बस्नु केहीबेर अघिसम्म पौडेल पक्ष र देउवा पक्षले छुट्टा छुट्टै र सामूहिक रूपमा छलफल गरेका थिए। महासमिति सदस्यलाई आज दिने भनेको विधान सहमति जुट्न नसक्दा अहिलेसम्म टुंगोमा पुग्न सकेको छैन। विधानमा भएको ढिलाईले बैठक शनिबारसम्म लम्बिने सम्भावना रहेको पार्टी प्रवक्त विश्वप्रकाश शर्माले जानकारी दिए।

यसअघि पुस ३ गतेसम्मका लागि डाकिएको बैठकको समय तीन दिन थपेर शुक्रबारसम्म पुर्‍याइएको थियो।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage