scheduleशनिवार आश्विन ४ गते, २०७६

नेपाली काँग्रेस पदाधिकारी विवाद टुगों लाग्यो

काठमाडौँ, ६ पुस  । लामो विवादपछि नेपाली काँग्रेसमा केन्द्रीय पदाधिकारीमा सहमति जुटेको छ ।   काँग्रेस केन्द्रीय पदाधिकारीको सङ्ख्या १४ सदस्सीय हुने भएको छ । यो सहमतिसँगै काँग्रेसको प्रस्तावित विधान आजै महासमिति बैठकमा प्रस्तुत गरिने एक काँग्रेस नेताले जानकारी दिए  ।

काँग्रेस नेताहरुबीच भएको सहमति अनुसार १ सभापति, उपसभापति २, महामन्त्री २ सहमहामन्त्री ७ र कोषाध्यक्ष तथा प्रवक्ता एकएक गरी १४ जनाको पदाधिकारी रहने भएको छ ।

सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्रीहरु निर्वाचनबाटै निर्वाचित हुनुपर्नेछ भने सहमहामन्त्री समाबेशीताको आधारमा निर्वाचित हुने व्यवस्था गरिएको छ । यसैगरि कोषाध्यक्ष र प्रवक्ता केन्द्रीय समितिबाट निर्वाचित भएकालाई मनोनित गर्ने गरि  सहमति कायम गरिएको  छ ।

 

 

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage