scheduleबिहिवार भाद्र ५ गते, २०७६

बालिका बलात्कारका आरोपित यादव पक्राउ

सप्तरी, ६ पुस । पन्ध्र वर्षीया बालिकालाई अपहरण गरी बलात्कार गरेको आरोपमा सप्तरी प्रहरीले हनुमाननगर कङ्कालिनी नगरपालिका– ४ मधवापुरका २० वर्षीय प्रवीणकुमार यादवलाई बिहिबार पक्राउ गरेको छ ।

आरोपितले गत मङ्सिर २५ गते गाउँघरबाटै पीडितलाई ललाइफकाइ अपहरण गरी सुनसरीको इटहरी पुर्‍याई बलात्कार गरेको भन्दै पीडितका बुबाले जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिएका थिए ।

जिल्ला प्रहरी कार्यालयले जबरर्जस्ती करणीको उजुरी दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गुरुप्रसाद तिमिल्सिनाले बताए । रासस

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage