scheduleमगलवार कार्तिक २६ गते, २०७६

नेपाल विश्वले चिन्ने नयाँ यात्रामा अगाडि बढ्दैछ : प्रचण्ड

काठमाडौं, ६ पुस । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले नेपाल विश्वले चिन्ने नयाँ यात्रामा अगाडि बढेको बताएका छन् ।

यात्रा अर्घाखाँची नामको पुस्तक र डकुमेन्ट्रीको विमोचन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘अहिले नेपाल नेपाल नयाँ यात्रातिर अगाडि बढ्दैछ । राजनीति पनि विगतको भन्दा गुणात्मक ढंगले र हामी फरक यात्रामा छौं । विकास निर्माण र समृद्धिको यात्रा, समाजवाद तिरको यात्रा, सामाजिक न्यायतिरको यात्राको आरम्भ भनेका छौं ।  संस्कृति, लगायत भौगोलिक, जातीय, क्षेत्रीय बिबिधताको रुपमा नेपालको पहिचान छ । यसलाई हामीले विश्वसामु चिनाउनुछ । ’

अब सबै आफ्नो पहिचान स्थापित गर्दै समृद्धिको यात्रामा अग्रसर हुनुपर्ने उनले बताए । उनले पर्यटकीय सम्पदाको उजागर गर्नुपर्ने भन्दै थपे, ‘हामीसँग भएको गौरवशाली इतिहाँसलाई सिंगै नेपालीले गौरव गर्न लायक बनाउनुको साथै आर्थिक समृद्धितर्फ हाम्रो ध्यान केन्द्रीत छ । विश्वले हामीलई चिन्न सकोस् भन्नेमा हामी छौं ।’

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage