scheduleशनिवार आश्विन ४ गते, २०७६

काँग्रेसमा ८ सह-महामन्त्रीको विषयमा शिर्ष नेताहरुबीच छलफल हुँदै

काठमाडौं, ६ पुस । नेपाली काँग्रेसमा आठजना सह–महामन्त्री बनाउने प्रस्तावसहित शिर्ष नेताहरुबीच छलफल जारी रहेको छ ।

पत्रकार सम्मेलन गरेर काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सह–महामन्त्री आठ बनाउने सहमति भएको जानकारी दिए । उनले केन्द्रीय समितिको संख्या पनि बढ्नसक्ने बताएका छन् । त्यसका लागि शीर्ष नेताहरु छलफलमै व्यस्त रहेको उनले जानकारी दिएका छन् ।

नेताहरुबीच भएको सहमति अनुसार १ सभापति, उपसभापति २, महामन्त्री २, सह–महामन्त्री ८ र कोषाध्यक्ष तथा प्रवक्ता एक– एकजना हुने भएका छन् । कोषाध्यक्ष र प्रवक्ता केन्द्रीय समितिबाट निर्वाचित भएका मध्येबाट मनोनित गर्ने काँग्रेसले जनाएको छ । बाँकी सबै पदाधिकारी निर्वाचित हुनेछन् ।

पदाधिकारीमा शीर्ष नेताहरुबीच भएको सहमतिलाई केन्द्रीय समितिले अनुमोदन गरेपछि महासमिति बैठकमा पेश गर्ने तयारी भइरहेको बताइएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage