scheduleसोमवार माघ ७ गते, २०७५

यस्ता छन् संसारकै अनाैठाे सजायहरु

एजेन्सी, ८ पुस । सजायको मतलब तपाईले त्यो अवस्थाबाट गुज्रिनु हो जुन तपाई पटक्कै मन परेको छैन । यदि सजायको रुपमा तपाईलाई बोर गराइयो भने ?

अमेरिकाको मिसौरीका डेविड बेरीलाई धेरैवटा हरिणहरु शिकार गरेको अपराधमा दोषी पाइएको छ । अदालतले दोषी करार दिंदै उनलाई एक वर्षसम्म जेलमा राखेर महिनामा कम्तिमा एकपटक डिज्नीको बाम्बी कार्टून हेर्ने सजाय सुनाएको छ ।

तर यो पहिलोपटक होइन जब कुनै दोषी करार व्यक्तिलाई यस्तो अनौठो सजाय दिइएको छ ।

सन् २००३ मा शिकागोका दुई नौ जवानलाई ४५ दिनसम्म जेलमा रहने सजायका साथ आफ्नो गृहनगरमा गधासँग मार्च गर्ने आदेश दिइएको थियो । ती दुईलाई क्रिसमसको पूर्व सन्ध्यामा चर्चबाट यशु मशिहको मूर्ति चोरेर त्यसलाई नोक्सान पुर्याएको दोषी पाइएको थियो । जेसिका लांग र ब्रयान पैट्रिकले गधाको साथमा मार्च गर्दा एउटा पोस्टर आफ्नो शरीरमा टाँस्नु परेको थियो जसमा लेखिएको थियो,‘बेवकूफीपूर्ण अपराधका लागि खेद छ ।’

त्यस्तै २०११ मा ओकलाहोमामा अध्ययनरत एक १७ वर्षका छात्रले मादक पदार्थ पिएको अवस्थामा सवारी साधन चलाउँदा साथै बसेको उनको एकजना साथीको मृत्यु भयो यद्यपी उनी जेल जानबाट बचे तर त्यसको सट्टा उनलाई फरक प्रकृतिको सजाय सुनाइएको थियो जसमा उनले जेल सजायबाट बच्ने हो भने हाई स्कूल र ग्रेजुएशनको अध्ययन सक्नुपर्ने थियो । साथै वर्षभरी लिएको ड्रग्स, निकोटिन र मादक पदार्थको परिक्षण गराउनु पर्ने थियो । मृतकका लागि बनाएको प्यानलको हिस्सा बन्नु पर्ने थियो र दस वर्षसम्म निरन्तर चर्च आउनुपर्ने थियो ।

त्यस्तै स्पेनस्थित एंडालूसियाका एक युवकले आफ्नो आमा-बुवाले पकेट मनी बन्द गरेपछि अदालतमा मुद्दा दायर गरेका थिए । २५ वर्षका ती युवक आफ्नो बुवा-आमासँग ३५५ पाउण्डको माग गरिरहेका थिए । तर मलागाको सो अदालतले उल्टै युवकविरुद्ध सजाय सुनायो । जसमा ती युवकले तीस दिनभित्र बुवा-आमाको घर छोडेर आफ्नो खुट्टामा उभिन सिक्नुपर्ने थियो ।

२००८ मा आफ्नो कारभित्र ठूलो आवाजमा गित सुकेको कारण एन्ड्रु वेक्टरमाथि १२० पाउण्डको जरिवाना लागेको थियो । उनी आफ्नो मनपर्ने र्‍याप म्युजिक सुन्दै थिए ।

न्यायाधीसले वेक्टरलाई जरिवानाको रकम घटाएर ३० पाउण्ड बनाउने तर उनले बिथोवन, बाख र शोपेनको शास्त्रीय स‌ंगित सुन्नुपर्ने बताए ।

न्यायाधीस वेक्टरलाई आफूले मन नपर्ने स‌ंगित सुन्दा कस्तो लाग्छ भन्ने अनुभूति गराउन चाहन्थे । पछि वेक्टरले १५ मिनेट मात्र त्यो गित सुन्न सके ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob