scheduleशनिवार आश्विन ४ गते, २०७६

कङ्गोमा स्वतन्त्र मतदान हुने राष्ट्रसंघको विश्वास

संयुक्त राष्ट्रसंघ , ८ पुस । कंगोमा एक हप्ता ढिलागरी हुन लागेको आम निर्वाचन स्वतन्त्र र निष्पक्ष रुपमा हुने विश्वास संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले व्यक्त गरेको छ ।

परिषदको शनिबार बसेको बैठकले एक हप्ता ढिला हुन लागेको भएपनि त्यो निर्वाचन स्वतन्त्रपूर्वक हुने र कङ्गोली जनताले निष्पक्ष रुपमा हुने निर्वाचनमा भाग लिन पाउने धारणा राखेको बताइएको छ ।

कङ्गोमा गत बिहीबार यहाँको संसद, राष्ट्रपति र प्रान्तीय निर्वाचन हुन लागेको थियो । तर सरकारले भने यहाँको निर्वाचन आयोगको स्टोरमा अगलागी भएर निर्वाचनसँग सम्बन्धित सामग्रीहरु नष्ट भएको भन्दै निर्वाचन यही डिसेम्बर ३० का लागि सारेको हो ।

निर्वाचन आयोगले अन्तिम समयमा आएर गरेको घोषणाप्रति आफ्नो विश्वास रहेको राष्ट्रसंघले जनाएको छ । तर सो निर्वाचन स्वतन्त्र र निष्पक्ष हुन सकोस् र सबै जना कङ्गोली मतदाताहरुले भयरहित रुपमा मतदान गर्न पाउन् भनी कामना पनि गरेको समाचारमा जनाइएको छ ।

उक्त परिषदले कंगोका नागरिकलाई शान्तिपूर्ण र सौहार्द वातावरणमा निर्वाचनको तयारीमा जुट्न पनि सबैलाई आग्रह गरेको छ । रासस/एएफपी

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage