scheduleआइतवार भाद्र २९ गते, २०७६

गुटको नेतृत्व गर्दै आएका देउवा र पौडेलले गरे गुट अन्त्यको घोषणा

काठमाडौं, ९ पुस । यसअघि गुटको नेतृत्व गरेको भनेर सर्वत्र आलोचना भइरहेका बेला नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले गुट अन्त्यको संकेत गरेका छन् । पार्टीभित्र भएको गुटको अन्त्य महासमिति बैठकले गरेको दुबै नेताको भनाई थियो ।

सोमबार आफ्नै निवास बुढानिलकण्ठमा काँग्रेसका जिल्ला सभापतिहरुका लागि आयोजित चियापानमा सभापति देउवाले महासमिति बैठकबाट नेपाली काँग्रेस एक ढिक्का र एकताबद्ध भएको भन्दै देशभरका कार्यकर्तालाई एक भएर अगाडि बढ्न निर्देशन दिए । उनले सरकारका काम चित्तबुझ्दो नभएको भन्दै आक्रोश व्यक्त गरेका थिए ।

मनपरी ढंगले चलेको सरकारको कामकारबाहीप्रति आफ्नो पार्टीले खबरदारी गर्ने उनले बताए । साथै उनले केन्द्र, क्षेत्र र जिल्लास्तरबाटै सरकारका काम कारवाहीको खबरदारी गर्न पनि निर्देशन दिए ।

चियापानमा वरिष्ठ नेता रामचन्द्र पौडेलले महासमिति बैठकले देशभरका कार्यकर्तालाई थप उत्साहित बनाएको बताए । पौडेलले आफू र सभापतिबीच कुनै तुष नभएको भन्दै उनले अब एक ढिक्का भएर पार्टीलाई विधानअनुसार अगाडि बढाउने उद्घोष गरे ।

उनले पनि सरकारले जनचाहना अनुसार काम गर्न नसकेको भन्दै काँग्रेस जनताको घर घरमा पुग्ने पनि बताए । चियापानमा शीर्ष नेताहरुसहित जिल्ला सभापति र महासमिति सदस्यहरुसमेत सहभागी थिए ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage