scheduleआइतवार श्रावण ५ गते, २०७६

आफूभन्दा २२ वर्ष कान्छी युवतीसँग विवाह गर्न चाहन्छन् सलमान खान

एजेन्सी, ९ पुस । बलिउडमा यो वर्ष धेरै सेलिब्रेटीहरु विवाह बन्धनमा बाँधिए । बलिउडमा विवाहको चर्चा चल्दा दब‌ंग अभिनेता सलमान खानको कुरा उठ्नु स्वभाविक हो ।

यसै सन्दर्भमा हालै सलमानले आफूले विवाह गर्न चाहेको युवतीको बारेमा बताएका छन् । सलमान आफूभन्दा २२ वर्षकी युवतीसँग विवाह गर्न चाहन्छन् ।

बिगबसको यसहप्ताको विकेण्डको वार एपिसोडमा फिल्म ‘सिम्बा’ को प्रोमोशनका लागि रणवीर सि‌ंह, सारा अली खान र रोहित शेट्टी आएका थिए । तब ती तीनजना कलाकारले सलमानसँग उनको विवाहबारे कुरा चलाउँदै सबैले सलमानको विवाहका लागि बायोडाटा तयार गरेका थिए । जब रणवीरले सलमानसँग सोधे, ‘तपाईलाई कस्तो केटी चाहियो ? ’

तब सलमानले भने, ‘२८ देखि ३० वर्षसम्मको युवती ।’

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob