scheduleशनिवार जेष्ठ ३२ गते, २०७६

अनुहार मिलेकै कारण निर्दोषलाई १७ वर्ष जेल, सँगसँगै करोडपति पनि


एजेन्सी, १० पुस । अमेरिकामा एउटा रोचक मामिला सार्वजनिक भएको छ । त्यहाँको एउटा अदालतले एक व्यक्तिलाई १७ वर्षसम्म जेल सजाय काटेर निर्दोष प्रमाणित भएका छन् । निर्दोष भएर पनि सजायँ भोग्नुपरेपछि उनलाई क्षतिपूर्तिस्वरुप करोडौं रकम प्रदान गरिएको छ ।

वास्तवमा यी व्यक्तिले आफ्नो रंगरुपका कारण अन्जानमा जेल सजाय काट्नु परेको थियो । वास्तविक अपराधीसँग रंगरुप र स्वरुप मिल्ने हुँदा उनले सजायँ काट्नु परेको हो ।

यो पूरा मामिला वालमार्टको पार्किङमा भएको एउटा चोरीको घटनाबाट शुरु भएको हो । सो मामिलामा अदालतले ४२ वर्षका रिचर्ड एन्थनीलाई २० वर्षको जेल सजाय सुनाएको थियो । तर प्रहरीले डेढ वर्ष अघि मात्र वास्तविक चोरलाई गिरफ्तार गरी एकै अनुहार देखिने रिचर्डलाई रिहाको आदेश दियो ।

त्यसपश्चात रिचर्डले याचिका दायर गरेर निर्दोष हुँदाहुँदै पनि सजाय काटेकोमा हर्जनाको माग गरे ।

अहिले रिचर्डले हर्जनास्वरुप मोटो रकम पाएका छन् जसले उनी आफ्नो बाँकी जीवन सजिलै काट्न सक्छन् । उनलाई हर्जनास्वरुप ११ लाख अमेरिकी डलर प्रदान गरिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob