scheduleबिहिवार श्रावण २ गते, २०७६

प्रचण्डको प्रस्ताव-पुसभित्रै पार्टीमा देखिएका विवाद समाधान गर्ने कार्यदल बनाऔं

काठमाडौं, ११ पुस । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा देखिएका सबै विवाद समाधान गर्न कार्यदल बनाउनुपर्नेमा जोड दिएका छन् । पार्टीको स्थायी समिति बैठकमा सदस्यहरुले उठाएको जिज्ञासाको जवाफ दिने क्रममा अध्यक्ष प्रचण्डले पुस अन्त्यसम्ममा पार्टीभित्र देखिएको सबै विवाद समाधान गर्ने गरी कार्यदल बनाएर अघि बढ्नुपर्ने भनेर धारणा राखेको बैठकमा सहभागी एक स्थायी समिति सदस्यले जानकारी दिएका छन् ।

बैठकमा सबै स्थायी समिति सदस्यहरुले धारणा राखिसकेपछि आज (बुधबार) अध्यक्षद्वय प्रचण्ड र प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीले जवाफ दिने कार्यक्रम छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob