scheduleसोमवार आश्विन ६ गते, २०७६

सलमान खानको २०१९ मा विवाह योजनाबारे करण जोहरले गरे रोचक खुलासा

एजेन्सी, ११ पुस । बलिउडमा हिरोहिरोइनलाई पनि पछि पार्दै यदि कोही चर्चामा रहन्छ त्यो हो फिल्म निर्देशक तथा निर्माता करण जोहर । आफ्नो कमेडी भिडियो ‘टोडल्स’ र च्याट शोमा दिएका बयानलाई लिएर उनी सधै चर्चामा रहन्छन् ।

हालै करणले नेहा धुपियाको शोमा दिएको एउटा बयानले सबैलाई अचम्मित र हैरान बनाएको छ । धुपियाको शोमा उनले बलिउडका दबंग अभिनेता सलमान खानको विवाहको विषयमा कुरा गरेका छन् ।

फिल्मका विभिन्न विषय र बलिउड सेलिब्रेटीबारे कुराकानी गरपछि उनले सलमानको २०१९ को विवाह योजनाबारे पनि सुनाएका थिए । उनले ठट्टाको शैलीमा सलमानको विवाहबारेको गोप्यतालाई भंग गरेका थिए । यद्यपी करणले सलमानले विवाह गर्ने कुनै महिलाको बारेमा भने खुलासा गरेनन् । उनले भने, ‘म सलमानले विवाह गर्ने कुनै महिलाको बारेमा जानकार छैन तर सलमान अर्को वर्ष निश्चितरुपमा तीनवटा ब्लकबस्टर फिल्महरुसँग विवाह गर्दैछन् ।’

करण जोहरले त्यस्तो रोचक विषयको निकै रमाइलो र ठट्टा शैलीमा सिधा जवाफ दिएका थिए ।

सलमान खानको आगामी वर्ष २०१९ मा मेघा फिल्म ‘भारत’ रिलिज हुँदैछ । यो फिल्मले आफ्नो सुरुवाती दिनदेखि नै मिडियामाझ निकै हाइप बटुल्दै आएको छ । फिल्ममा सलमानको साथमा कटरीना कैफ देखिदैँ छिन् । क्यारिनाले यस फिल्ममा पहिले कहिल्यै नगरेको भूमिका गर्दै छिन् भने सलमान विभिन्न पाँचवटा भूमिकामा देखा पर्नेछन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Vianet
default-addImage