scheduleसोमवार माघ ७ गते, २०७५

आगोले पोलेमा ब्याण्डेजको सट्टा राख्नुहोस् यो माछाको छाला

एजेन्सी, ११ पुस । आगोले पोलेको स्थानमा माछाको छाला लगाउँदा कम पीडा र ब्याण्डेजको तुलनामा सस्तो हुने वैज्ञानिकहरुले बताएका छन् ।

आगोले जलेको स्थानमा टिलापिया माछाको छाला औधषीको रुपमा लगाउने क्रम बढेको ब्राजिलस्थित सिएरा विश्वविद्यालयका न्यूरोलोजिस्ट फिलीपी रोचाले डेली मेलसँग बताएका छन् । उक्त माछाको छालामा मोइस्चराइजर र मानिसको छालामा पाइने प्रोटिन तत्वजस्तै कोलागन पाउने हुँदा त्यसले जलेको स्थानमा काम गर्ने बताइएको छ ।

साथै यसले आगोले पोलेको व्यक्तिको प्रतिरक्षा प्रणालीसँग सम्पर्क राखी घाउ निको छिटो निको पार्न सहयोग गर्छ ।

विश्वभरीका तीनसयभन्दा धेरै आगो पीडितहरुले यो थेरापीको प्रयोग गरेका छन् ।

तर अधिकांश मानिसहरु माछाको दुर्गन्ध शरीरमा रहने शंका लिएर आउने गरेको चिकित्सक रोचाले ‘द टाइम्स’ अखबारसँग बताए ।

बालबालिकाको मामिलामा त्यस प्रकारको उपचार विधिलाई उनीहरुले धेरै रुचाएको पाइएको छ । जलेको स्थानमा स्केल भएको माछाको छाला लगाउँदा आफूलाई ती बालबालिकाले ‘सुपरहिरो’ सोचेको बताइएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob