scheduleआइतवार मंसिर १ गते, २०७६

यसरी बन्न सक्छ इन्सोमनिया स्वास्थ्य समस्या भन्दा वरदान

एजेन्सी, १३ पुस । सुस्वास्थ जीवनयापन गर्नका लागि न्यूनतम आठ घण्टा सुत्ने समय विज्ञानले शिफारिस गर्छ । शरीरका सम्पर्ण कोशिकाहरुको विकास र मर्मतसम्हारका लागि रातमा राम्रो निन्द्रा आवश्यक रहेको विज्ञानले बताउँछ ।

रातमा निन्द्रा नपर्ने समस्या निश्चय पनि इन्सोमनिया स्वास्थ्य सम्बन्धि मामिला हो ।

बेलायतका स्वास्थ चिकित्सकहरु पछिल्लो वर्ष त्यहाँ एक करोड २० लाखभन्दा धेरै प्रेस्क्रिप्शनहरु इन्सोमनिया ड्रकका लागि लेखिएको बताएका थिए । तर केही इन्सोमनिया पीडितका लागि निद्रा नआउनु राम्रो कुरा पनि हो । उनीहरु बास्तवमा इन्सोमनिया पीडितभन्दा पनि बढी जागृत हुनेवालाहरु हुन् ।

रातमा हराएको उनीहरुको निद्राले थकान उत्पन्न गराउन भन्दा पनि उनीहरुलाई फरक सृजनात्मक कला दिइरहेको हुन्छ ।

निद्रा विज्ञहरुका अनुसार इन्सोमनिया मस्तिष्कले फरक किसिमको संज्ञानात्मक कौशल जन्माउन सक्छ । यदि रातको जागृतिलाई सोचमा लगानी गर्ने भने त्यसले लुकेको कौशललाई बाहिर ल्याउने ती विज्ञहरुको भनाई छ ।

५४ वर्षीया मेरिना बेन्जामिन एउटा यसकै उदाहरण हुन् जसले आफ्नो क्रोनिक इन्सोमनियाको फाइदा उठाउन सफल भइन् । उनी उत्तरी लण्डनकी एक लेखिका हुन् । उनी कहिल्यै पनि राम्ररी सुत्न सकिनन् उनको उमेर जति बढ्दै गयो त्यो रोग त्यत्ति नै भयानक हुँदै गयो । उनी यो रोगबाट पूर्णरुपमा २० वर्षदेखि पीडित छिन् । औसत चार पाँच घण्टा निन्द्रा पर्छ उनलाई त्यो पनि बीचमा टुटिरहन्छ ।

दुई वर्ष अघि मेरिनाले सुत्न नसक्ने त्यो समयलाई रात्री सत्रको काममा लागनी गर्ने निर्णय गरिन् । त्यसपछि उनले राती दैनिक छोटो समयमा लेख्ने गरिन् । पछि कही महिनाभित्र उनले एउटा अभिलेख लेखिन् जसलाई उनले इन्सोमनिया नाम दिइन् ।

‘रातमा निन्द्रासँग लडाँई गर्नुभन्दा मैले मेरो सृजनात्मक आवेगहरुमाथि जोड दिए । यो रातमा एकप्रकारको जागृति थियो । रातको जागृतिबाट तपाई अतुलनीय ध्यान प्राप्त गर्नसक्नुहुन्छ ।’

’दिनमा विभिन्न बा्ेझ र सेन्सरी सूचनाहरुका कारण ध्यान भंग भैरहन्छ तर रातमा सोच्ने तरिका केही फरक हुन्छ । म मेरो आत्मवृतिहरुलाई महसुस गर्छु यो एकदमै सृजनात्मक हुन्छ ।’ उनले भनिन् ।

२००६ मा क्यान्टाबरी विश्वविद्यालयमा भएको अध्ययनमा अनुसन्धानकर्ताहरुले उच्च सृजनात्मक क्षमता भएका बच्चाहरुमा निन्द्राको समस्या हुने गरेको पाएका थिए । निन्द्रा नआउँदा मस्तिष्कको यस्तो अवस्था विकास हुन्छ जहाँ विभिन्न सृजनात्मक कुराहरु उत्पन्न हुन थाल्छन् ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage